गृहपृष्ठ डा. केसीले औषधी लिन मानेनन्, स्वास्थ्य अवस्था नाजुक
डा. केसीले औषधी लिन मानेनन्, स्वास्थ्य अवस्था नाजुक
अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसिले औषधी लिन अस्वीकार गरेका छन् । सरकारले डा. केसीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै उपचारका लागि जुम्लाबाट काठमाडौ ल्याएको हो । तर डा. केसीले कुनैपनि औषधि सेवन गर्न नमानेको उनका सहयोगि किशोर केसीले न्युज कारोबारलाई जानकारी दिए ।
उनका अनुसार डा. केसीलाई स्लाइन मात्र चलाइएको छ । औषधि लिन आग्रह गर्दा पनि नमानेकाले स्वास्थ्य अवस्था थप जटिल बनेको छ । डा. केसीका समर्थकहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै महारागन्जदेखि बालुवाटारसम्म ¥यालि समेत निकालेका छन् । अनशनरत डा.केसीलाई सरकारले जुम्लाबाट जबर्जस्त हिजो काठमाडौ ल्याएको थियो ।
डा.केसीलाई त्रिवि शिक्षण अस्पतालको ईएनटी भवनको पुरानै अनशन स्थलमा राखिएको छ । उनी अनशन बसेको २१ दिन पुरा हुँदा समेत औपचारिक वार्ता हुन सकेको छैन । दुई पटक सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन ।
सरकार पेलेरै जान लागेकाले वार्ता अनिश्चित भएको केसीका प्रतिनिधि अभिषेकराज सिंहले बताए । जुम्लामा भएको सरकारी दमनपछि परिस्थिति बदलिएकाले वार्ता अनिश्चत भएको उनले बताए ।
प्रकाशित समय : १७:३३ बजे


















