global ime bank Long Banner Ad

गृहपृष्ठ बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

भक्तपुर- तिहारमा ‘देउसीभैलो खेल्न जाऔँ’ भन्दै फकाएर निर्माणाधीन घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गत कात्तिक ३ गते भएको घटनाका अभियुक्त उदयपुर चौदण्डीगढी नपा–५ स्थायी घर भई हाल भक्तपुर–१ सल्लाघारी बस्ने २८ वर्षीय सुरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
यसैगरी चाँगुनारायण नगरपालिका–६ का आशिष भँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका काभ्रेपलाञ्चोक चौंरी देउराली गाउँपालिका–६ का विमल लामालाई प्रहरीले पाँच वर्षपछि आज पक्राउ गरेको छ । २०७० जेठ ९ गते भक्तपुर नगरपालिका–४ डेकोचा चोकमा भँडेललाई खुकुरी प्रहार गरेका अभियुक्त लामालाई प्रहरीले भक्तपुर दरबार स्क्वायरबाट पक्राउ गरेको हो । (रासस)

प्रकाशित समय : २३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु