काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुशासनका लागि सामाजिक परीक्षण

567
shares

कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले सामाजिक परीक्षण सुशासनको महत्वपूर्ण कडी भएको बताएको छन् ।

सेभ द चिल्ड्रेनद्वारा सुर्खेत वीरेन्द्रनगरमा शुक्रबार आयोजित ‘सामाजिक परीक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मल्लले पारदर्शिता, जवाफदेहिता, जनसहभागिता र कानुनी शासनको परिपालना गर्दै सामाजिक परीक्षण गर्नाले सुशासनमा सहयोग पुग्ने बताए ।

मन्त्री मल्लले भने, “विकास साझेदार निकायमा सेभ द चिल्ड्रेनको भूमिका कर्णालीमा महत्वपूर्ण देखिन्छ । सरकारले लिएको नीति, योजना तथा कार्यक्रमलाई परिणाममुखी र उपलब्धिमूलक बनाउन एक्लो प्रयासबाट हुन सक्दैन । यसका लागि साझेदार निकायको सामुहिक उद्देश्य, समन्वय र सहकार्यबाट मात्र सम्भव हुन्छ ।” सरकारको नीति, बजेट तथा कार्यक्रम तर्जुमाको अवधिमा आवश्यक सल्लाह दिन सो संस्थालाई उनले आग्रह गर्े ।

सेभ द चिल्ड्रेन सुर्खेतका प्रमुख रत्नराज ओझाले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका १९ जिल्लामा तीन तहका सरकारसँग संस्थाले काम गर्दै आएको बताए । उनले शिक्षा, बाल संरक्षण, बाल अधिकार, स्वास्थ्य तथा पोषण, जीविकोपार्जन र जलवायु उत्थानशीलताका क्षेत्रमा काम गर्दै आएको जनाए ।

सामाजिक परीक्षण कार्यक्रमका सहभागीले सेभ द चिल्ड्रेनको शिक्षा, बाल संरक्षण तथा अधिकार, जीविकोपार्जनका कार्यक्रमबाट पछिल्ला दिनमा बालविवाह रोक्न, सचेतनाका कार्यक्रम विस्तार गर्न र आयआर्जनमा स्वास्थ्य तथा पोषणका कार्यक्रमबाट समुदायले लाभ लिएको बताए ।

कार्यक्रममा भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्ती, छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापा, शुभकालिका गाउँपालिका कालीकोटका अध्यक्ष गोविन्द आचार्य, भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष छवि सुवेदी र बेलाडाँडी गाउँपालिका कञ्चनपुरका अध्यक्ष हरिश्चन्द्र रानाले सेभ द चिल्ड्रेनले सरकारको सहयोगीका रूपमा समाजको संवेदनशील क्षेत्रमा काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुख, शिक्षा, स्वास्थ्य कार्यालयका प्रमुख, महिला तथा बालबालिका, उद्योग बाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, लैङ्गिक तथा अल्पसङ्ख्यक क्षेत्रका प्रतिनिधि र विकास साझेदारको सहभागिता रहेको थियो ।