गृहपृष्ठ एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाल पराजित, ज्ञानेन्द्र मल्लले राखे रेकर्ड

एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाल पराजित, ज्ञानेन्द्र मल्लले राखे रेकर्ड

एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाल पराजित, ज्ञानेन्द्र मल्लले राखे रेकर्ड

आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेपाल डच टोलीसँग पराजित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) बाट मान्यता पाएपछि खेलेको आफ्नो पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय –ओडिआई क्रिकेटमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित भएको हो ।

कप्तान पारस खड्का १२, ज्ञानेन्द्र मल्ल ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यद्यपि, ज्ञानेन्द्र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । उनले ६१ बलमा ८ चौका प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।

शरद भेषवाकर १ रनमा आउट भए । आरिफ शेख शुन्यमा आउट भए । सोमपाल कामी पनि बिना रन आउट भए । नेपालले ५८ रन जोड्दा अनिल शाह आउट भए । अनिलले २१ रन बनाए ।
नेदरल्याण्डका पीटर सिलारले ३ विकेट लिए । १९ औं ओभरमा कप्तान पिटर सिलारले नेपालका कप्तान पारसलाई आउट गरेका थिए । माइकल रिप्पोनले २० औं ओभरमा दुई विकेट लिए ।

घरेलु टोली नेदरल्यान्ड टोलीको चार रन कप्तान पारस एक्लैले लिएका थिए । आफ्नो स्पेलको पुरै १० ओभरमा पारसले २६ रन खर्चदै ४ विकेट लिएका हुन् । यस्तै सोमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले समान १÷१ विकेट लिए ।

यसअघि भिएआर स्टेडिएममा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली नेदरल्यान्डले ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १ सय ८९ रन बनायो । उसका लागि मिकेल रिप्पनले ५१ रनको अर्धशतीय इनिङ्स खेले । बास डि लिडेले ३० रन बनाए भने स्टिफिन माईवर्ग २९ रन बनाएर आउट भए । यस्तै बेन कुपर २०, स्कट इडवार्ड्स १८ रनमा आउट भए । विस्ले बारेसी १२ र फ्रेड कालासन ११ रनमा आउट भए ।

एक दिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय मैदानमा क्रिकेट खेलेको हो । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग ‘डिभिजन टु’को उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो ।

नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । कप्तान पारससँगै नेपाली टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल टोलीमा छन् ।

पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड टोलीमा वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।

तुलनात्मक रुपमा नेपालभन्दा नेदल्याण्ड बलियो मानिन्छ । किनकि, यसअघि भएका खेलहरुमा नेपालमाथि ऊ हाबी हुँदै आएको छ । पछिल्लो पटक नेदरल्याण्डसँग नेपाल जिम्बावेमा मार्च २०१८ मा भएको विश्वकप छनोट ४५ रनले पराजित भएको थियो ।

नेपालको पछिलो प्रदर्शन निकै प्रशंसायोग्य भए पनि वान डेमा त्यो पर्याप्त भएन । सन् २०१८ मै नेपालले लण्डनको विश्व प्रसिद्ध लर्डस मैदानमा बेलायतको पूरानो र अब्बल टोली एमसीसीलाई अप्रत्यासित रुपमा हराएको थियो । एमसीसी र नेदरल्याण्ड्सको त्रिकोणात्मक खेल खेलेर नेपाली टोलीले आफूलाई अन्तर्राष्ट्रिय खेल मन्चमा स्थापित गरेको खेल विश्लेषकहरु बताउँछन् ।

प्रकाशित समय : ०३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु