गृहपृष्ठ रुपन्देही कारगारमा चौबर कैदी
रुपन्देही कारगारमा चौबर कैदी
रुपन्देहीको एक मात्रै कारकारमा क्षमता भन्दा चार गुणा बढी कैदी बन्दीहरु राखिएको पाइएको छ । भौतिक सुविधा जिर्ण रहेको कारागारको क्षमता जम्मा १ सय मात्रै हो । तर, हाल उक्त कारगारमा १ सय ३३ कैदी र २ सय ७० बन्दी पुर्वपक्षको लागि थुनामा रहेका छन् ।
पुराना भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या देखिएको छ । त्यस्तै कारागारमा महिला थुनुवा कक्ष समेत छैन । महिला थुनुवा कक्ष नहुँदा प्रशासनले अन्य जिल्लाहरुमा पठाउने गरेको जिल्ला कारागार कार्यालय रुपन्देहीका नायब सुब्बा प्रेम रोकाले बताए ।
वि.सं. १९९० सालमा स्थापना भएको यो कारागार जिल्लाको एकमात्रै कारागार होे । १८ जनाको दरबन्दी भएको कार्यालयमा कर्मचारी बस्ने भवनसमेत राम्रो छैन । कैदीबन्दी राख्ने भवन जीर्ण बन्दै गएको छ, वरिपरी पर्खालसमेत छैन । जसले सुरक्षामा समेत चुनौती थपिएको छ । थोरै क्षमता भएको ठाउंमा प्रशासनले जवरजस्ती धेरै संख्यामा कैदीबन्दी राख्दा बस्न समेत निकै समस्या भएको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।
फोटो : न्युज कारोबार
प्रकाशित समय : २१:३३ बजे



















