global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा करिब १० अंकको गिरावट

सेयर बजारमा करिब १० अंकको गिरावट

सेयर बजारमा करिब १० अंकको गिरावट

सेयर बजार परिसूचक नेप्से सोमबार करिब दोहोरो अंकले घटेको छ । होटल र उत्पादनमूलकबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक ९.७२ अंकले नकारात्मक बन्यो । आइतबार नेप्से झिनो अंकले बढेको सोमबार घटेर १२१०.०९ अंकमा झरेको छ ।

परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार २० करोड ९३ लाखको कारोबार भएको सेयर बजारमा आज १८ करोड ५१ लाखको मात्र सेयर किनबेच भएको छ । बैंकहरुले ब्याजदर स्थिर राख्ने निर्णय गरे पनि त्यसको प्रभावमा बजारमा देखिएन । सेयर विश्लेषकहरुले उच्च ब्याजदरका साथै अत्यधिक बढेको सेयर संख्याका कारण माग र आपूर्तिमा असन्तुलन आएकाले बजार उकालो चढ्न नसकेको बताइरहेका छन् ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु