गृहपृष्ठ जाजरकोटको ठाँटीबजारमा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु, एकको उद्धार

जाजरकोटको ठाँटीबजारमा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु, एकको उद्धार

जाजरकोटको ठाँटीबजारमा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु, एकको उद्धार

जाजरकोटको भेरी नगरपालिका– ३ ठाँटीबजारमा घर पुरिँदा चार जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ । आज बिहान झरेको पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।पहिरोले तिर्थराज बोहरा र गोपाल सुनारको घर पुरिएको हो ।

तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोराको मृत्यु भएको छ । अहिले उद्धारको काम जारी छ  ।

जाजरकोटमा हिजोदेखि परेको अविरल बर्षाले जनजिवन प्रभावित भएको छ । विभिन्न ठाउँमा पहिरो झर्न थालेपछि सवारी साधन पनि चलेको छैन । विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु