global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल वायुसेवाको दोस्रो वाइडबडी जहाज पनि आइपुग्यो काठमाडौं

नेपाल वायुसेवाको दोस्रो वाइडबडी जहाज पनि आइपुग्यो काठमाडौं

नेपाल वायुसेवाको दोस्रो वाइडबडी जहाज पनि आइपुग्यो काठमाडौं

 

नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी जहाज पनि काठमाडौं अवतरण गरेको छ । ए ३०३-२०० सिरिजको मकालु विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

नयाँ विमानलाई पर्यटन मन्त्रालय र निगमका अधिकारीले स्वागत गरेका छन् । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग १२ अर्ब रुपैयाँमा किनेर नेपाल ल्याएको हो ।

यससँगै प्राधिकरणसँग दुर्इवटा वाइडबडी विमान भएका छन् । असार २४ गते वाइडबडी विमान ल्याएको प्राधिकरणले परीक्षण उडानसमेत गरिसकेको छ ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु