गृहपृष्ठ पहिरो नहटाउँदा पैदलयात्रा

पहिरो नहटाउँदा पैदलयात्रा

पहिरो नहटाउँदा पैदलयात्रा

वर्षाले पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।
वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो ।
जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच/सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिए । सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा सडक विस्तार गरी बस सञ्चालनमा ल्याए पनि यसपालि पहिरोका कारण असार महिनादेखि नै यात्रुले नेपानेसम्म करीब दुई घण्टासम्म पैदल हिँडेर यात्रा गर्दै आइरहेका छन् ।
‘जथाभावी सडक फराकिलो बनाएकाले पहिरो खस्दा यात्रुले समस्या झेलेका छन, गाउँपालिकाले पहिरो हटाउनुपर्नेमा रमिते भएर बसेको छ,’ सोमबहादुर रायमाझीले भने,– ‘बिरामीलाई तानसेन अस्पताल लैजान, र वृद्ध–बृद्धा तथा बालबालिकालाई आवतजावत गर्न कठिन भएको छ ।,’ उक्त गाउँपालिका वडा नम्बर ६ मा तीन हजार ४४०, वडा नं ७ मा दुई हजार ४३ र वडा नं ८ मा तीन हजार १६५ जनसंख्या छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले भदौ अगाडि नै वर्षा रोकिने बित्तिकै सडकको पहिरो हटाएर यातायातका साधन सञ्चालन गरिने बताए । (रासस)

 

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु