global ime bank Long Banner Ad

गृहपृष्ठ आत्मघाती गोलले पुलिस टेरो एफसी क्लबसँग नेपाल पराजित

आत्मघाती गोलले पुलिस टेरो एफसी क्लबसँग नेपाल पराजित

आत्मघाती गोलले पुलिस टेरो एफसी क्लबसँग नेपाल पराजित

थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो ।

नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो । नेपाली यू–२३ टोलीले अब शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु