global ime bank Long Banner Ad

गृहपृष्ठ बेनी नगरपालिकाको सत्र घर पहिरोको जोखिममा

बेनी नगरपालिकाको सत्र घर पहिरोको जोखिममा

बेनी नगरपालिकाको सत्र घर पहिरोको जोखिममा

बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेको छ । बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको सुर्केमेला गाउँ जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएपछि बाढीले छेउछाउको बस्ती कटान गर्न थालेको छ । पहिरोका कारण १७ परिवार विस्थापित हुने खतरा रहेको स्थानीयवासी टीकाबहादुर रानाले बताए ।

अहिले स्थानीयवासीले आफन्त र छिमेकीकहाँ आश्रय लिएका छन् । विसं २०३१ मा राखुको भीरबाट खसेको पहिरोले सुर्केमेलामै घर पुरिँदा १२ जनाको मृत्यु भएको थियो । जोखिमबारे जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका र सुरक्षा निकायलाई जानकारी गराएर क्षति न्यूनीकरणको पहल गर्न आग्रह गरिएको वडा सदस्य देवबहादुर घलेले बताए । पहिरोका कारण बेनी–बरंजा सडक अवरुद्ध भएको छ । सुर्केमेला, बास्कुना र बरंजामा उत्पादित दूध बजार पु¥याउन समस्या भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढालगायतको टोलीले पहिरो जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेको छ । अवरुद्ध सडक सञ्चालन गर्न तथा थप क्षति हुन नदिन तारजाली उपलब्ध गराइने प्रजिअ अधिकारीले बताए । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।

जिल्लाको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध छ । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, घोडेपानी, पाउद्धार र दाना क्षेत्रमा पहिरोले पोल ढलेपछि विद्युत अवरुद्ध छ ।

सडक अवरुद्ध भएका कारण विद्युत्को लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।
(रासस)

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु