गृहपृष्ठ प्रविधिको प्रयोगमा मोरङमै रंगेली नगरपालिका अगाडि

प्रविधिको प्रयोगमा मोरङमै रंगेली नगरपालिका अगाडि

प्रविधिको प्रयोगमा मोरङमै रंगेली नगरपालिका अगाडि

मोरङका १७ स्थानीय तहमध्ये पहिलोपटक रंगेली नगरपालिकाले साउन १ गतेदेखि नगरपालिका र सबै बडा कार्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । नगरपालिकाले जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायतका सबै काम अनलाइनमार्फत कम्प्युटर प्रविधिबाट सुरु गरेको छ ।

त्यसैगरी नगरपालिकाले दस्तुरसमेत कम्प्युटर प्रविधिबाट लिन थालेको छ । यससँगै नगरपालिकाले प्रत्येक दिन कुन वडामा कति राजस्व संकलन भएको छ भन्ने जानकारी लिन सहज भएको छ ।

नगरपालिकाले गत वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता, दलित बालबालिकाको पोषण भत्ता र बाढीपीडितले पाउने रकमका साथै नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतको तलब भत्ता र कर्मचारीको मासिक पारिश्रमिक बैंकिङ प्रणालीबाट दिने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए । ‘बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा राज्यलाई १५ लाख रुपैयाँ बचत भएको छ,’ उनले भने, ‘अबको एक महिनाभित्रमा रंगेली नगरपालिकाका १३ वटै माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिसक्नेछौं ।’

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु