गृहपृष्ठ महँगीको विरोधमा नेपाल विद्यार्थी संघकाे धर्ना कार्यक्रम
महँगीको विरोधमा नेपाल विद्यार्थी संघकाे धर्ना कार्यक्रम
नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले शुक्रबार बिहान महँगीको विरोधमा एक घण्टा धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे ।
‘मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,’– उनले भने ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
प्रकाशित समय : १८:०४ बजे


















