काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

1.6K
shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।

बुधबार सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ७५ हजार १२० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार १५० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ थियो ।