गृहपृष्ठ कर्णालीमा नेकपाका मन्त्रीले लिए शपथ

कर्णालीमा नेकपाका मन्त्रीले लिए शपथ

कर्णालीमा नेकपाका मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट मन्त्री बनेकाहरूले बिहीबार (भदौ ११) पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

नेकपाका तर्फबाट मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास, जुम्कित लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी र कल्याणी खड्काले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका रूपमा शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूले शपथ लिएसँगै कर्णाली प्रदेश मन्त्रिपरिषद्ले करिब एक महिनापछि पूर्णता पाएको छ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु