गृहपृष्ठ चिकित्सा शिक्षा विधेयक संसदमा पेस

चिकित्सा शिक्षा विधेयक संसदमा पेस

चिकित्सा शिक्षा विधेयक संसदमा पेस

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदमा पेस गरेको छ । अघिल्लो संसद बैठकमा दर्ता भएको विधेयकमा सहमति जुट्न नसकेर निष्क्रिय भएपछि सरकारले अर्को विधेयक संसदमा लगेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेका हुन् । शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा. गोविन्द केसी अनसन बसेपछि संसदमा पेस हुन सकेको थिएन ।

सरकार र केसीबीच बिहीबार राति सहमति भएको भोलिपल्टै सरकारले विधेयक संसदमा लगेको हो । शुक्रबारको बैठकमा कांग्रेस सांसदहरुको सरकार र केसीबीच भएको सम्झौता पत्र सांसदहरुलाई वितरण नगरेसम्म विधेयक पेस गर्न नदिने भन्दै केहीबेर बैठक अवरुद्ध पारे । सांसदहरुलाई सम्झौता पत्र वितरण गरेपछि पुनः सदनको कामकारबाही अघि बढेको थियो ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु