गृहपृष्ठ नेपाल मेडिसिटी र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सम्झौता
नेपाल मेडिसिटी र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सम्झौता
ललितपुरको नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्भेस्टमेन्ट बैंकबीच सेवा अादानप्रदान गर्नेसम्बन्धी सम्झाैता भएको छ । ललितपुरमा बुधबार भएको सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल तथा नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नायब महाप्रबन्धक बिजेन्द्र सुवालले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यान्वयनमा आएसँगै बैंकका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैंकले साथ दिने भएको छ । खासगरी, बैंकका कार्ड उपभोक्ताले उपचारमा सहुलियत प्राप्त गर्नेछन् ।
अस्पतालका महाप्रबन्धक रिमालले मुलुकको बैंकिङ क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै, बैंकका नायब महाप्रबन्धक पाण्डेले सर्वसुलभ स्वास्थ्योपचार गराउँदै आएको नेपाल मेडिसिटीसँगको सहकार्यले उत्साहित बनाएको बताए ।
प्रकाशित समय : ०१:०३ बजे



















