गृहपृष्ठ इन्काउन्टरको छानविन गर्न समिति गठन
इन्काउन्टरको छानविन गर्न समिति गठन
सोमबार भक्तपुरमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको छ ।
आइतबार साँझ काठमाडौंको काँडाघारीबाट बालकको अपहरणपछि हत्या भएको घटनाका दोषी प्रहरीको गोली मृत्यु भएको घटनाको अनुसन्धानका लागि टोली गठन गरिएको हो । इन्काउन्टरमा मारिएका युवकका आफन्तले उजुरी दिएपछि आयोगले छानबिनका लागि समिति गठन गरेको हो ।
आयोगका निर्देशक यज्ञ अधिकारी संयोजक रहेको समितिमा थप चार जना सदस्य छन् । समितिले बुधबारदेखि नै छानबिन थालेको छ ।
११ वर्षीय बालक निशान खड्कालाई अपहरणपछि हत्या गर्ने दुई जना जवाफि फायरिङमा मारिएको प्रहरीले बताउँदै आएको छ । तर मृतकका आफन्तले भने उनीहरुलाई पक्राउ गरेर मारिएको दावी गरेका छन् । जसका कारण घटना ‘शंकास्पद’ बनेको देखिन्छ ।
प्रकाशित समय : ००:५९ बजे



















