अखिल क्रान्तिकारी कैलालीको अध्यक्षमा बबरजंग निर्वाचित
वि.सं.२०७५ असार ३१ आइतवार २०:५९
shares

नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कैलालीको अध्यक्षमा बबरजंग सिंह निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा पदम काफ्ले, सचिवमा सुवाश जोशी, सहसचिवमा महेश पातली र कोषाध्यक्षमा लोकेश जोशी निर्वाचीत भएका छन् ।
कैलालीको टिकापुरमा भएको समेलनमा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, पार्टी ब्युरो सदस्य विवेक कुमाल, डबल शाह जिल्ला इन्चार्ज महान, डिसिएस अमर, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिक लगाएतको सहभागीता रहेको नव निर्वाचित अध्यक्ष सिंहले जानकारी दिए ।

























