global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आर्इएमई बैंकको ‘ग्लोबल स्मार्ट सेवा’

ग्लोबल आर्इएमई बैंकको ‘ग्लोबल स्मार्ट सेवा’

ग्लोबल आर्इएमई बैंकको ‘ग्लोबल स्मार्ट सेवा’

 

ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक नयाँ स्वरूपमा मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता नभएकाहरूले समेत सेवा लिनसक्ने गरी ‘ग्लोबल स्मार्ट सेवा’ सञ्चालनमा ल्याइएको हो ।

अद्यावधिक गरिएको मोबाइल बैंकिङ सेवामा कारोबारको सहजताका लागि व्यक्तिगत क्यु आर कोडको माध्यमबाट रकमान्तर गर्न तथा भुक्तानी गर्न सकिनेछ । प्रयोगकर्ताको औंठाछापमार्फत लग इन गर्न तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ ।

ग्लोबल स्मार्ट सेवा ग्राहकले बैंकमा नगइकन आफैं सुरू गर्न सक्ने (सेल्फ रजिस्ट्रेसन) छन् । यसमा खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा आफैं पनि हेर्न सकिनेछ ।

यसअघि पनि ग्राहकले ग्लोबल स्मार्टमार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शुल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न तथा मोबाइल रिचार्ज गर्न सक्ने सुविधा पाएका थिए । त्यस्तै, आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, आफू रहेको स्थान थाहा पाउन सक्ने सुविधा रहेकोमा ‘ग्लोबल स्मार्ट सेवा’ थप सुविधासहित प्रस्तुत गरिएको हो ।

नयाँ सेवामार्फत ग्लोबल आर्इएमई बैंकका ग्राहकले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाबारे जानकारी लिन सक्नेछन् । ग्राहकहरुले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करण अद्यावधिक गरी यो सेवा लिन सक्नेछन् ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु