काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकका आठ नयाँ शाखा एकसाथ सञ्चालन

13.67K
shares

 

माछापुच्छ्रे बैंकले एकैसाथ आठ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरमा दुर्इ, रौतहटमा दुर्इ तथा मोरङ, सुनसरी, डोल्पा र उदयपुरमा एक/एक नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

भोजपुरको भोजपुर र टेम्केपैयुङ, रौतहटको चन्द्रपुर र वृन्दावन, मोरङको जहदा, सुनसरीको धरान, डोल्पाको डोल्पा र उदयपुरको कटारीमा बैंकले नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखामार्फत बैंकले ग्राहकलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ । आठ शाखामध्ये धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखामा एटिएम सुविधासमेत उपलब्ध छ । यससँगै बैंकका शाखा संख्या एक सय ९ पुगेका छन् । देशभर  बैंकका ९९ वटा एटीएम छन् ।