गृहपृष्ठ माछापुच्छ्रे बैंकका आठ नयाँ शाखा एकसाथ सञ्चालन
माछापुच्छ्रे बैंकका आठ नयाँ शाखा एकसाथ सञ्चालन
माछापुच्छ्रे बैंकले एकैसाथ आठ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरमा दुर्इ, रौतहटमा दुर्इ तथा मोरङ, सुनसरी, डोल्पा र उदयपुरमा एक/एक नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
भोजपुरको भोजपुर र टेम्केपैयुङ, रौतहटको चन्द्रपुर र वृन्दावन, मोरङको जहदा, सुनसरीको धरान, डोल्पाको डोल्पा र उदयपुरको कटारीमा बैंकले नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखामार्फत बैंकले ग्राहकलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ । आठ शाखामध्ये धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखामा एटिएम सुविधासमेत उपलब्ध छ । यससँगै बैंकका शाखा संख्या एक सय ९ पुगेका छन् । देशभर बैंकका ९९ वटा एटीएम छन् ।
प्रकाशित समय : १९:२४ बजे



















