काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वएमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनबीच एकता सुरु

11.95K
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जनवर्गीय संगठनका रूपमा इन्जिनियरिङतर्फको एकता शनिबार हुँदैछ ।

नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुन लागेको हो । तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र तत्कालीन माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनलाई एउटै बनाइ प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल बनाइएको एसोसियसनका महासविच हरी पराजुलीले बताए ।