गृहपृष्ठ सरकारी इन्जिनियर ३६ लाख घुससहित पक्राउ
सरकारी इन्जिनियर ३६ लाख घुससहित पक्राउ
सेवाग्राहीसँग ३६ लाख रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीका एक सरकारी इन्जिनीयर पक्राउ परेका छन् ।
भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको फन्दामा परेका हुन् ।
आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।
प्रकाशित समय : ००:३१ बजे



















