गृहपृष्ठ अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच
अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ ।
अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको अस्पताल प्रमुख डा. प्रकाशबहादुर थापाले बताए ।
यसअघि अस्पतालले सिकलसेल एनिमिया भएका बिरामीलाई प्रतिव्यक्ति एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो ।
प्रकाशित समय : ०२:२३ बजे



















