काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको आज अन्तेष्ठी गरिने

11.63K
shares

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको आज अन्तेष्टि गरिने भएको छ । पीडित परिवारले शव बुुझेर अन्तेष्टि गर्ने बताएका छन् । प्रशासनले हत्या प्रकरणमा छानबिन गरि  न्याय दिलाउने प्रतिबद्धता जनाएपछि आफन्तले शव बुझ्न सहमत भएका हुन् ।
शनिबार प्रशासन र पीडित परिवारबीच  माग पूरा गर्ने सहमति भएको भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए । उनका अनुसार घटनामा संलग्नलाई छिट्टै सार्वजनिक गर्नेर राहतका लागि पहल गर्ने सहमति भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका पन्तलाई बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा बिहिबार फेला परेकी थिइन् ।
पीडित पक्ष र स्थानीय प्रशासनबीच सहमती भएपनि संयुक्त विद्यार्थी संगठनले भने बालिका हत्या विरोधमा तीन दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार महेन्द्रनगरमा बसेको ६ विद्यार्थी संगठनको बैठकले तीन दिने आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वियु, विप्लव वैद्य क्रान्तिकारी र अखिल छैटौँल संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।