इन्डोनेशियामा भूकम्प, १० जनाको मृत्यु
वि.सं.२०७५ साउन १३ आइतवार १८:१७
shares

इण्डोनेशियाको लोम्बक टापुमा भूकम्प गएको छ । ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी १० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी मानिस घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।
भूकम्पका कारण कैयौँ घर ढलेकाका छन् । केही मानिस ढलेका घरभित्र फँसेका हुन सक्ने आशंका गरिएको छ । घरहरू भत्किन थालेपछि घरबाट सडकमा निस्किएर कतिपयले ज्यान जोगाए । भूकम्पपछि कम्तीमा ६० वटा परकम्पहरू गएको बताइएको छ ।

























