काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

असन्तुष्ट पक्षलार्इ देउवाकाे प्रश्न – अब पनि नमिले कहिले मिल्ने ?

14.93K
shares

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिएका छन् । प्रजातन्त्रवादी कानुन व्यवसायीहरूको संगठन नेपाल डेमोक्र्या्टिक लयर्स एसोसिएसन (डिएलए)को १०औँ राष्ट्रिय महाधिवेशनको शनिबार गैंँडाकोटमा उद्घाटन सत्रमा देउवाले एक भएर अघि बढ्न नेताहरुलाई आह्वान गरेका हुन् । सरकारलाई अप्रजातान्त्रिक हुन नदिन र लोकतन्त्रको रक्ष गर्न कांग्रेसश सशक्त भएर अघि बढ्नुपर्ने भन्दै देउवाले भने, ‘अब पनि नमिले कहिले मिल्ने ?’

उनले जबर्जस्ती आन्दोलन गर्न आफूहरुलाई सरकारले नै बाध्य बनाएको बताए कांग्रेसलाई आन्दोलन गर्ने रहर नभए पनि सरकारकै कारण आन्दोलन गर्न बाध्य भएको उनको भनाइ थियो । ‘सरकार ठीक ढंगसँग नचलेकैले कांग्रेस आन्दोलनमा उत्रिनु परेको हो,’ उनले भने ।

देउवाले प्रधानमन्त्री केपी ओलीलाई लोकतान्त्रिक बाटोमा हिँड्न आग्रह पनि गरे । उनले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै निरन्तर अनशन बस्दै आएका प्रा.डा.गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै यो संविधान प्रतिकूल रहेको दाबी गरे । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, रमेश लेखक, बारका पूर्वअध्यक्ष शेरबहादुर केसी, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वराज्यमन्त्री देवेन्द्र कँडेललगायतले आफ्ना धारणा राखेका थिए ।

डिएलएको महाधिवेशनले आइतबार ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट एक हजार १३१ प्रतिनिधिको सहभागिता रहेको एसोसिएसन चितवनका अध्यक्ष विष्णु अर्यालले जानकारी दिए ।