global ime bank Long Banner Ad

गृहपृष्ठ राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने मुख्य एजेन्डा : मुख्यमन्त्री पोखरेल

राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने मुख्य एजेन्डा : मुख्यमन्त्री पोखरेल

राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने मुख्य एजेन्डा : मुख्यमन्त्री पोखरेल

 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने कुरा प्रमुख भएको बताएका छन् । अबको बहस राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने, मोडल के हुने भन्ने विषयमा केन्दिीत हुनुपर्ने उनको भनाई छ । राजधानीको विषय पेचिलो बन्दै गएको बेला मुख्य मन्त्री पोखरेलले यसलाई समितिले टुङ्गाउने बताएका हुन ।

आईतबार रुपन्देहीबाट सञ्चालनमा रहेका अनलाईन र केन्द्रमा अनालाईनमा रिपोर्टिङ्ग गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा पोखरेलले राजधानी कस्तो बन्नुपर्छ भन्ने विषयमा निस्कर्ष आएपछि त्यसको लागि चाहिने वातावारण कहाँ उपलब्ध हुन्छ त्यहीँ नै राजधानी बन्ने बताएका हुन् । उनले भने, ‘कम्तीमा पनि २०÷२५ बर्ष पछि पनि नयाँ राजधानी खोज्न नपर्ने गरी स्थानको पहिचान गर्नुपर्ने आवश्यकता म देख्छु ।’

प्रदेश सरकार दिर्घकालिन सोचको साथ अगाडि बढेको जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले करको दर बढाउनु भन्दा पनि दोहोरो कर प्रणाली प्रदेश सरकारले अन्त्य गरेको बताएका थिए । उनले सडकमा तत्कालिन जिल्ला विकास समितिले लिँदै आएको निकासी हटाईएको जानकारी दिँदै सडक निर्माण बापत लिँदै आएको कर पनि हटाइएको जनाए ।

अहिले प्रदेशमा कर्मचारी आउन नमान्ने प्रवृत्ती हावी रहेको भन्दै पोखरेलले सबैभन्दा बढी कार्यहरु गर्ने प्रदेश सरकार नै भएको कारण अबको दुई बर्षमा प्रदेशमा सरुवा गर्न कर्मचारीले सोर्स लगाउनुपर्ने बताएका छन् ।

‘कर्मचारीले काठमाडौं नछोड्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले भने । संविधानले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराएकाले कामविहीन हुने केन्द्रमा कर्मचारी नबस्ने उनको तर्क थियो ।

काठमाडौंमै सबै सुविधा पाईन्छ भन्ने मानसिकताका कारण कर्मचारीको व्यवस्थापन त्यही रुपमा भएको बताउँदै त्यो मानसिकता अब चाँडै अन्त्य हुने भन्दै उनले प्रदेश ५ मा कर्मचारी शुरुमा आउन गाह्रो मन्ने तर आएपछि सोर्स लगाएर नर्फिएको उनले दावी गरे ।

प्रकाशित समय : ०२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु