काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जीएमई रेमिट

13.67K
shares

 

माछापुच्छ्रे बैंकले जीएमई रेमिटलाई सुपर एजेन्ट नियुक्त गरेको छ । नियुक्तिपश्चात एमबीएल रेमिटको भुक्तानी जीएमईको जुनसुकै एजेन्टबाट तथा जीएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछ ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै दक्षिण कोरिया, यूएई, कुवेत, बहराइन, कतार, ओमन, क्यानडा र सुडानमा कार्यरत नेपालीले एमबीएल रेमिटमार्फत पठाउन सक्नेछन् । साथै, यसबाट पठाएको रकम माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जीएमई रेमिट नियुक्त बैंकका सबै शाखा तथा जीएमईका एजेन्टमार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले ८६ वटा शाखा, दुर्इवटा एक्स्टेन्सन काउन्टरलगायत २२ शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।