काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रामेछाप कारागारमा नियम विपरित कर्मचारी नियुक्त

13.44K
shares

रामेछाप कारागारका प्रमुख नायव सुब्बा प्रमोद आधिकारीले सूचना र विज्ञापन बिना नै आफन्तलाई सरकारी पदमा नियुक्त गरेका छन् । अधिकारीले ड्राइभर र कम्पुटर अपरेटरमा २ जना कर्मचारी करारमा नियुक्ति गरेका हुन् ।

रामेछाप नगरपालिका–८ का अध्यक्ष केदार कार्की र रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको समेत समर्थनमा कारागारमा कर्मचारी नियुक्त गरेको स्थानीयको आरोप छ । कारागारमा कर्मचारीको अभाव भएपछि गत साउन १५ गते कम्पुटर अपरेटर कमला हायु र ड्राइभर काशीराज दाहाललाई नियुक्त गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

‘मैले एक महिनाको लागि करारमा नियुक्त गरेको हो ।’ अधिकारीले भने, ‘तत्कालको समस्या समाधान गर्न नियुक्त गरिएको हो, प्रशासन कार्यलयमा कुरा भएको र छिट्टै स्थायी कर्मचारी पठाइदिने आश्वसन पाएका छौं ।’ जिल्ला प्रशासनले ढिला गरे विज्ञापन गरेर करारमा नियुक्त गर्ने प्रमुख जिल्ला अधिकारीले बताए ।

नियम अनुसर कर्मचारी राख्ने काम कारागारकै भएकाले नियम विपरित कर्मचारी भर्ना गरिएको भए कारबाही गर्ने उनले चेतावनी दिए । कर्मचारी समायोजन पछि स्थायी कर्मचारी पठाउने उनको भनाइ छ ।