एनआईसी एसिया बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता
वि.सं.२०७५ साउन २८ सोमवार १७:४५
shares

एनआईसी एसिया बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमा सेवासम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । हाल बैंकले दुर्इ सय ३३ शाखा, दुर्इ सय २१ एटीएम काउन्टर, १४ एक्सटेन्सन काउन्टर तथा १५ शाखारहित बैंकिङ एकाईमार्फत वित्तीय सेवा दिँदै आएको छ ।

























