काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगरमा सुशील कोइरालाको योगदानको चर्चा

16.02K
shares

 

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७९ औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस मोरङले विचार गोष्ठी आयोजना गरेको छ ।

सोमबार पार्टी कार्यालय पोखरियामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले संविधान निर्माणमा सुशील कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गरे । उनले भने, ‘सुशील दा’कै कारण मुलुकले संविधान प्राप्त गरेको हो । अहिले विभिन्न तत्वहरु संविधानलाई असफल बनाउने खेलमा लागेका छन् ।’

उनले संविधानको सफल कार्यान्वयन भएमात्रै कोइरालाको आत्माले शान्ति पाउने बताए । कार्यक्रममा नेता अशोक कोइरालाले सुशील कोइरालाकै कारण मुलुकले संविधान पाएको दावी गरे ।

कार्यक्रममा कांग्रेस नेता दिलिप गच्छदार, सांसद शेखरचन्द्र थापा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङ कांग्रेसका सचिव नागेश कोइरालालगायतले सुशील कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।