काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झापामा फिल्मी शैलीमा कैदी फरार

13.25K
shares

भद्रपुरस्थित झापा कारागारभित्रैबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा तैनाथ प्रहरी सहायक निरीक्षकसहित ६ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ ।

झापा कारागारमा सुरक्षाका जिम्मा पाएका प्रहरी नायब निरीक्षक (सई) हस्तबहादुर श्रेष्ठ घर बिदा बसेका बेला उनको स्थानमा इन्चार्ज रहेका प्रहरी सहायक निरीक्षक गणेश राईसहित ड्युटीमा खटिएका एकजना प्रहरी हवल्दार, चारजना प्रहरी जवान गरी ६ जनालाई जिल्ला तानिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रहरी कर्मचारीको लापर्बाहीले कारागारबाट कैदी भागेका हुनाले उनीहरुलाई तत्काल कारागारको सुरक्षाबाट हटाइएको उनले जानकारी दिए । प्रहरी संगठनको नीति तथा कानुनबमोजिम प्रहरी कर्मचारीलाई कारबाही गरिने उनले बताए ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कैदीबन्दी फरार भएको विषयमा छानबिन समिति गठन गरी कानुन प्रक्रिया अघि बढाइनेछ । आइतबार दिउँसो करिब ३ बजेको समयमा झापा कारागारबाट फिल्मी शैलीमा गौरादह नगरपालिका–८ निवासी अन्दाजी २४ वर्षीय उमेश माझी फरार भएका थिए ।

जुरोपानीकी १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन काराबासको सजाय सुनाएको थियो । जेल जीवन बिताइरहेका माझी पेसाले इलेक्ट्रिसियन थिए ।

आइतबार कारागारभित्रै बिजुली बनाउने काम गर्नका उनले सिँढीको प्रयोग गरेका थिए । सिँढी चढेर काम गर्दैगर्दा उनी पर्खाल नाघेर फरार भएका थिए । फरार भएका उनलाई केही घण्टामै प्रहरीले फेला पारे पनि गरामनीमा प्रहरीमाथि ढुंगा प्रहार गरी पुनः भाग्न सफल भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।