गृहपृष्ठ नवलपरासीमा रोकीराखेका दुई ट्रकमा आगलागी
नवलपरासीमा रोकीराखेका दुई ट्रकमा आगलागी
पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखिएकोे दुई ट्रकमा मंगलबार अागलागी भएको छ ।
भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका दुई ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।
आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा गैंडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो ।
प्रकाशित समय : २०:२३ बजे



















