global ime bank Long Banner Ad

गृहपृष्ठ बिमस्टेक सम्मेलनको तयारी तीव्र, सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

बिमस्टेक सम्मेलनको तयारी तीव्र, सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

बिमस्टेक सम्मेलनको तयारी तीव्र, सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

बिमस्टेकको सचिवस्तरीय बैठक  काठमाडौंमा सुरु भएकाे छ । बिमस्टेकको शिखर सम्मेलनमा प्रस्तुत गर्ने विषय तय गर्न सचिवस्तरीय बैठक मंगलबार बिहान काठमाडाैंमा सुरु भएकाे हाे ।  बैठकमा सबै देशका विदेश सचिव सहभागी भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको अध्यक्षता परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका छन् ।

सचिवस्तरीय बैठकले तय गरेको एजेन्डामा मन्त्रीस्तरीय बैठकमा पनि छलफल हुनेछ । मन्त्रीस्तरीय बैठकका लागि सदस्य राष्ट्रका विदेश मन्त्रीहरु मंलबार नै काठमाडौं आउनेछन् । बुधबार बिमस्टेकका विदेशमन्त्रीहरुको बैठक बस्नेछ ।

सचिवस्तरीय बैठकले तय गरेका विषलाई मन्त्रीस्तरीय बैठकले अन्तिक टुंगो लगाउने छन् । बैठकमा व्यापार, यातायात, सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण लगायतका विषमा छलफल हुने छ ।

त्यसपछि, बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुको बैठकमा ती विषय प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकको  शिखर सम्मेलन आगामी बिहिबार र शुक्रबार काठमाडौंमा हुँदै छ ।

सदस्य राष्ट्रका राष्ट्रप्रमुख मंलबारबाट काठमाडौं आउने

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका लागि सदस्य राष्ट्रका राष्ट्रप्रमुख पनि मंलबारबाट काठमाडौं आउन सुरु हुने छ । म्यानमारका राष्ट्रपति विन मिन्ट मंलबार काठमाडौं आउने छन् । अन्य देशका राष्ट्रप्रमुख बधबार र बिहिबारसम्म काठमाडौं आउने कार्यतालिका छ । बिमस्टेकमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्ड रहेको छ ।

सुरक्षा सतर्कता बढाइयो

बिमस्टेक सम्मेलनका लागि काठमाडौ उपत्याकामा सुरक्षा सतर्कता बढाइएको छ  । सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सदस्य राष्ट्रका प्रमुखहरुको लागि चार वटा घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु