काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय कांग्रेसले २१ दलको साथ लिएर भारत बन्द गरायो

12.83K
shares

 

पेट्रोल डिजेमा भएको मूल्यवृद्धिको विरोधमा सोमबार भारत बन्द गरिएको छ । भारतीय कांग्रेसले मूल्यवृद्धिको विरोधमा भारत बन्द गराएको हो । यसमा २१ दलले समर्थन गरेको कांग्रेसले जनाएको छ ।

विरोधकै क्रममा राजघाटदेखि रामलीला मैदानसम्म र्याली निकालिएको थियो, जसमा १६ दलका नेताहरुको सहभागिता थियो । रामलीला मैदानमा सम्बोधन गर्दै कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले पेट्रोलको मूल्य ८० रुपैयाँ भन्दा बढी भएको भन्दै पहिले मूल्य वृद्धि हुँदा बोल्ने गरेका प्रधानमन्त्री मोदी अहिले बोल्न छाडेको आरोप लगाए ।

बन्दका क्रममा कांग्रेससमेत २१ दल सहभागी भएको भारतीय मिडियाले जनाएका छन् । लोकसभामा उनिहरुका ८७ सांसद छन्, जसमा कांग्रेसका ४८ जना छन् । तर सरकारविरोधी ७ दलले कांग्रेसलाई साथ दिएका छैनन् । लोकसभामा उनिहरुका १ सय २५ सांसद छन् ।