फेसबुकमा समाचार सेयर गरेको आरोपमा पत्रकार बस्नेत पक्राउ
वि.सं.२०७५ भदौ २५ सोमवार २१:२६
shares

इटा उद्योगसम्बन्धी समाचार फेसबुकमा शेयर गरेको आरोपमा प्रहरीले पत्रकार राजु बस्नेतलाई पक्राउ गरेको छ । ललितपुरस्थित हरिसिद्धि इटा तथा टायल कारखाना लिमिडेटको विवादित जग्गाबारे दृष्टि साप्ताहिकले समाचार लेखेको थियो । उक्त समाचारलाई खोजतलासन्युजडटकमले साभार गरेको थियो र सम्पादक बस्नेतले फेसबुकमार्फत त्यसलाई शेयर गरेका थिए । सोही विषयलाई लिएर उनलाई ललितपुरको ठेचुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको खोजतलास न्युजले जनाएको छ ।
बस्नेतविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी शुसील खनालले दिएका ललितपुर प्रहरीले बताएको छ ।
यसअघि पनि यही विषयमा समाचार लेखेको भन्दै बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला यो मुद्दा प्रेस काउन्सिलले हेर्ने भन्दै छाडिएको थियो ।


























