गृहपृष्ठ सैनामैनामा बस दुर्घटना, ३६ जना घाइते

सैनामैनामा बस दुर्घटना, ३६ जना घाइते

सैनामैनामा बस दुर्घटना, ३६ जना घाइते

बुटवल देखि तुल्सिपुर तर्फ जादै गरेको ना.४ ख ५५३५ नं. को बस दुर्घटना भएको छ । राप्ती यातायात बस ब्यवसायी समिति अन्तरगतको बस पुर्व पश्चिम लोकमार्ग अन्तरगत सैनामैनाको फारलाईन जंगलमा दुर्घटना भएको हो । दुर्घटना हुदा बसमा सवार ३६ जना घाइते भएका छन् ।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । बस अनियन्त्रिण भएपछि बाटो नजिकैको रुखमा गएर ठोकिएको प्रहरीले बताएको छ । बस अहिले प्रहरीको नियन्त्रणमा छ ।

प्रकाशित समय : २२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु