global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से ८ अंकले घट्यो

नेप्से ८ अंकले घट्यो

नेप्से ८ अंकले घट्यो

सेयर बजार परिसूचक ८ अंकले घटेको छ । उत्पादनमूलक र लघुवित्तबाहेकका सबै समूह आरोलो लागेपछि समग्र बजार परिसूचक ८.१ अंकले घटेर १२१०.८८ अंकमा झरेको हो । आइतबार पनि नेप्से १०.७९ अंकले घटेको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि आरालो लागेको छ । आइतबार ३२ करोड ७० लाखको कारोबार भएको बजारमा सोमबारको कारोबार २७ करोड ७५ लाखमा सीमित भएको हो ।

घटेको बजारमा लघुवित्तका लगानीकर्ताले उल्लेख्य आम्दानी गरेका छन् । सपोर्ट माइक्रोफाइनान्सको सेयर ९.६३ प्रतिशत बढेको छ भने आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले ८.०८ प्रतिशतले आफ्नो सम्पत्ति बढाएका छन् । मेरो, फार्वर्ड कम्युनिटी, स्वे, नेरुडे माइक्रोफाइनान्सलगायत कम्पनीका सेयर पनि उकालो लागेका छन् ।

प्रकाशित समय : २२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु