काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फोहोरमा समृद्धिको सम्भावना खोजिँदै पोखरामा दोस्रो संस्करणको आरयू फेस्ट शुरु

2.44K
shares

पोखरा । फोहोरबाट हरित अर्थतन्त्र र रोजगारी सिर्जनाको सन्देशसहित पोखरामा दोस्रो संस्करणको ‘आरयू फेस्ट : रि–थिंक २०२६’ शुरु भएको छ । पर्यटकीय राजधानी पोखरामा फोहोरलाई मोहोर र रोजगारीको स्रोतमा बदल्ने लक्ष्यसहित यो फेस्ट बुधबार देखि सुरु भएको हो ।

विषेशगरी ‘फोहोरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, त्यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशसहित बुधबारदेखि शुरु भएको यस फेस्ट आज सम्म सञ्चालन हुनेछ । पोखरामा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत आयोजित फेस्टको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा ३० ले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताउँदै राज्यको दायित्व वातावरण संरक्षण र आर्थिक विकासलाई सँगसँगै अघि बढाउनुपर्ने रहेको बताए ।

उनले नेपालको संविधानको अनुसूची ८ ले सरसफाइलाई स्थानीय तहको एकल अधिकार सूचीभित्र समावेश गरेको तर फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र जिम्मेवारीका रूपमा सिमित गरेर हेरिनु उपयुक्त नहुने बताए ।

उनले भने, ‘नेपालको संविधानको अनुसूची ८ ले सरसफाइलाई स्थानीय तहको एकल अधिकार सूचीभित्र समावेश गरेको छ । तर फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै जिम्मेवारी नभई तीनै तहका सरकारको साझा दायित्व हो ।’

गण्डकी प्रदेश सरकार स्थानीय तहको संवैधानिक अधिकार र जिम्मेवारीलाई सम्मान गर्दै फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण तथा हरित अर्थतन्त्र प्रवद्र्धनका लागि आवश्यक समन्वय, सहजीकरण र सहकार्य गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

विषेशगरी फोहोरलाई समस्याका रूपमा मात्रै नभई कच्चा पदार्थ, उद्यम र रोजगारी सिर्जनाको सम्भावनाका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले ुआत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीु भन्ने दीर्घकालीन सोचका साथ दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयन गरिरहेको बताए ।

यस योजनाले उत्पादनमुखी तथा आत्मनिर्भर अर्थतन्त्र, सन्तुलित वातावरण, जलवायु तथा विपद् उद्यमशीलता, दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, सुशासन र प्रभावकारी सेवा प्रवाह लगायतका विषयलाई महत्त्व दिएको स्पष्ट पारे। प्रदेशको समृद्धिको लक्ष्य हासिल गर्न आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु अति आवश्यक भएको बताउँदै रिसाइक्लिङ र अपसाइक्लिङले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले परिकल्पना गरेको आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे ।

पोखराको पर्यटन भविष्य स्वच्छ वातावरण र पर्यावरणीय सन्तुलनसँग जोडिएको भन्दै मुख्यमन्त्री पाण्डेले होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसायी तथा स्थानीय समुदाय सबैले फोहोर व्यवस्थापनमा जिम्मेवारी लिनुपर्ने बताए ।

यस्तै उनले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष ८३/८४ को वार्षिक नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकास, पर्यटन प्रवद्र्धन, दिगो कृषि, हरित अर्थतन्त्र, वातावरण संरक्षण, पूर्वाधार विकास र सुशासनलाई महत्त्व दिएको जानकारी दिँदै फोहोरमैला व्यवस्थापनलाई वातावरणीय सरोकारको रूपमा मात्र नभई दिगो विकास लक्ष्य प्राप्तिको महत्त्वपूर्ण माध्यमको रूपमा लिनुपर्ने बताए ।

यस्तै पोखरा महानगरपालिका, कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपि)को सहकार्यमा उक्त मेला आयोजना गरिएको महानगरप्रमुख धनराज आचार्यले जानकारी दिए ।

यस फेस्टले रिसाइकलिङ तथा अपसाइकलिङ व्यवसायमा संलग्न उद्यमी, युवा, विद्यार्थी र सर्वसाधारणलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको उनले बताए । हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत हाल २३ वटा उद्योग सञ्चालन तथा ३ हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारीमा जोडेको उनले बताए । मेयर आचार्यले परियोजना अन्तर्गत २५ विद्यालयमा आरयु क्लब बनेको उल्लेख गर्दै थप विद्यालयमा क्लब बनाएर कास्कीभित्र सञ्जाल विस्तार गर्ने योजना सुनाउँदै क्लबमार्फत विद्यालय स्तरमा गतिविधि गरेर कार्यक्रम विस्तार गर्ने बताए ।

नयाँबजारको प्रर्दशनी केन्द्रमा करिब २ अर्बमा बनिरहेको ग्रिन भेञ्चर जोन दक्षिण एशियाको पहिलो परियोजना भएको जानकारी दिँदै उनले परियोजनालाई रिसाइक्लिङ, अफसाइक्लिङ, नवप्रवद्र्धन, सिकाइ र उद्यमशीलताको केन्द्रको रुपमा प्रवद्र्धन गर्ने उल्लेख गरे । हाल उक्त ग्रीन भेञ्चर जोनको ७२ प्रतिशत काम पुरा भएको जनाउँदै परियोजना सन् २०२७ को मार्च २७ गते