गृहपृष्ठ आत्महत्याको मूल कारण : भर्चुअल संसार र महत्वाकांक्षा
आत्महत्याको मूल कारण : भर्चुअल संसार र महत्वाकांक्षा
‘बाचुन्जेल सास खेर नजाओस
मर्नै पर्दा लाश खेर नजाओस’
यो पङ्तीको अर्थ हो बाचुन्जेलको योगदान स्मरणीय होस् र मरेपछि पनि सम्झन लायक जीबन बनाऔं । यो पङ्तीले जानीजानी, आफुखुशी मृत्यू रोज्नेलाई व्यङ्ग्य गरेको छ । कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ ।
‘आत्महत्या’ शब्दले आत्माको हत्या जनाउँछ । तर ‘आत्मा’ को हत्या गर्न सम्भव छैन । स्वयंले गरेको शरीर हत्यालाई नै आत्महत्या भन्ने गरिन्छ । सबै मानिसहरु बाँच्न चाहन्छन, सुख चाहन्छन, घुमफिर गर्न चाहन्छन्, प्रेम गर्न चाहन्छन्, पैसा कमाउन चाहन्छन् आदि आदि । मानवीय इक्षा र आंकाक्षाहरु अनगिन्ती छन् । जसलाई मानिसहरु पूरा गर्न चाहन्छन् । तर ति इक्षा पूरा नहुँदा आत्महत्याको बाटो रोजेका धेरै उदाहरण छन् ।
आत्महत्याका कारणहरु
मनोविद्का अनुसार शारीरिक, मानसिक, व्यबहारिक साथै सामाजिक परिवेश यी बिभिन्न कारणहरु हुनसक्छ । शारीरसम्बन्धी समस्याहरुमा लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुँदा मान्छेमा बाँच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ । मानसिक समस्यामा डिप्रेसन वा पागलपन यसका प्रमुख उदाहरण रहेको विज्ञहरु बताउछन् ।
व्यवहारिक समस्यामा मान्छेले गर्ने दैनिक व्यबहार बुझाउछ । ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन् । सामाजिक परिवेश अन्तर्गत सामाजिक रितिरिवाज, समाजले गर्ने व्यबहार आदिबाट दिक्क भएर पनि मान्छे आत्महत्या गर्छन् । जस्तै अपहेलित हुनु, कुमारीमै आमा बन्नु, बोक्सी भनि गलत ब्यबहार गर्नु बेइज्जत हुनु आदि कारणहरु धेरै देखिएका छन् ।
भर्चुअल शंसार र महत्वाकांक्षा
अहिले अधिकांश युवायुवती भर्चुअल शंसारमा बढी अभ्यस्त हुँदै गएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटरको माध्यमबाट उनीहरु यस्ता दुनियाँसँग जोडिएका छन्, जो यथार्थभन्दा धेरै टाढा छ । उनीहरुको इच्छा, आकांक्षा पनि त्यही रुपमा बढेर गएको छ । बाहिरी दुनियाँको प्रभावमा बढेको महत्वाकांक्षा र आफू बाँचेको समाज, परिवारको वास्तविकताबीच जुन खाडल छ, त्यसले पनि अहिलेका युवायुवतीलाई हतोत्साही तुल्याउने मनोविद्हरुको भनाई छ ।
मनोविद् निराकारमान श्रेठ भन्छन्, ‘जब उनीहरुमा उत्साह र उमंग घट्छ, नकारात्मक सोच हावी हुन पुग्छ । उनीहरु आफ्नै परिस्थितिबारे विश्लेषण गर्न असमर्थ हुन्छन् । जताततै अन्धकार र निराशा देख्छन् । यसले पनि आत्महत्या गर्न उक्साउँछ ।’
जब कसैले आफू बाँच्ने परिधी सानो देख्छ तर आत्महत्याको लागि तयार हुने मनोविद्हरु बताउछन् । मनोविद्हरु भन्छन् ‘आफ्नो दुनियाँ श्यामश्वेत देख्छ । उत्साह, उमंग, आशा, भरोशा मर्दै गएपछि मानिसमा निरासा भारी बन्छ । त्यही निराशा, एक्लोपना र बेचैनीले आत्महत्या रोज्न लगाउँछ ।’ मानसिक विकार आउनुमा उसले झेल्ने असफलता, असहयोग, अभाव हुनसक्ने बताइन्छ । यस्ता तत्वले उनीहरुलाई निरास तुल्याउने र यसबाट उम्कनका लागि प्रयास नगर्नेहरुले विक्षिप्त बन्दै आत्महत्याको बाटो रोज्ने मनोविदहरु बताउछन् ।
योगी डा. विकाशानन्द भन्छन्, ‘एक्लिँदै र असफल हुँदै गएको कुराले मानसिक रुपमा आघात पुर्याउँछ । दिनप्रतिदिन यस किसिमको गलत चिन्तनले उनीहरुलाई डिप्रेसनमा पुर्याउँछ । र अन्तत उम्कने प्रयास नगर्नेहरु आत्महत्याको बाटोमा लागेको उदाहरण धैरै छन् ।’
जबकि, यसबीचमा उनीहरुले खुशी हुने बहाना खोज्न सक्छन् । आफ्नो मानसिक अवस्थाको विश्लेषण गर्न सक्छन् । आफन्त, साथीभाइले पनि उनीहरुको मनोदशा बुझेर सही मार्गदर्शन दिन सक्यो भने समस्याले जटिल रुप लिँदैन ।
त्यसो त, बेचैनी, निराशा, दिक्दारीपन आउनुमा शारीरिक कारण पनि हुनसक्छ । मनोविद् आचार्य भन्छन्, ‘मस्तिष्कमा सेरोटेनिन न्युरो ट्रान्समिटरमा रहेको रसायन घट्यो भने दिक्क लाग्छ । यही दिक्दारीले उनीहरुलाई मर्न उक्साउँछ ।’ थाइराइड ग्रन्थीको गडबडीले समेत मनमा बेचैनी पैदा हुने उनको भनाई छ ।
प्रकाशित समय : २२:२६ बजे



















