गृहपृष्ठ ४५ अंकले बढ्यो नेप्से
४५ अंकले बढ्यो नेप्से
सेयर बजार परिसूचक (नेप्से) चार दिनमा ४५ अंक बढेको छ । सोमबारदेखि लगातार बढेको बजार साताको अन्तिम दिन बिहीबार पनि उकालो लागेर १२१०.३२ अंकमा पुगेको हो ।
सेयर बजार सोमबार १०.४३, मंगलबार ६.६१, बुधबार २८.७३ र बिहीबार ०.६१ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । मंगलबार १८ करोड ९५ लाखको कारोबार भएको बजार बुधबार दोब्बर बढेर ३६ करोड एक लाख पुगेको थियो । बुधबारको तुलनामा बिहीबार कारोबार रकम २५ प्रतिशतले बढेर ४५ करोड ९६ लाख पुगेको छ ।
बिहीबार १६६ कम्पनीको सेयर किनबेच भएको बजारमा ६० कम्पनीको सेयर बढ्यो । बैंक र उत्पादनमूलक समूह बढेको बजारमा बोटलर्स नेपाल (तराई) का लगानीकर्ताको सम्पत्ति ८ प्रतिशतले उकालो लाग्यो । त्यस्तै, युनिलिभर नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक, राष्ट्रिय बिमा कम्पनी (संस्थापक), सिभिल लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
ललितपुर फाइनान्स, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । आइतबार सेयर बजार १७ अंकले घटेको थियो ।
प्रकाशित समय : ०२:२३ बजे


















