गृहपृष्ठ नेपाल भियतनामसँग २-० गोलले पराजित

नेपाल भियतनामसँग २-० गोलले पराजित

नेपाल भियतनामसँग २-० गोलले पराजित

 

पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० हारेको छ । १८औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा बिहीबार भएको खेलमा नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग हारेको हो ।

इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपालले ३१औं मिनेटमा र ६३औं मिनेटमा गोल खाएको हो । जापानविरूद्ध राम्रो प्रदर्शन गरेको नेपालले भियतनामसँग सुधारिएको खेल खेल्ने अपेक्षाबीच हार व्यहोरेको हो ।

समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित समय : ०२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु