काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फूलकुमारी अस्पताललाई मोबाइल मेडिकल कार प्रदान

15.31K
shares

सिरहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाइल मेडिकल कार प्रदान गरिएको छ । दुर्गम क्षेत्रका जनतालाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जापान सरकारको तर्फबाट प्राप्त मोबाइल मेडिकल कार अस्पताललाई प्रदान गरिएको हो ।

नेपालका लागि जापानका राजदूत मासामिशी ओगावाले सोमबार एक कार्यक्रमबीच मोबाइल क्लिनिक अस्पतालका मेडिकल डाइरेक्टर डा. शिवशंकर शाहलाई हस्तान्तरण गरे । टोयोटा हायस गाडीलाई जापानस्थित टोयो फ्याक्ट्रीले मोबाइल क्लिनिकको स्वरुपप्रदान गरी उपलब्ध गराएको हो । मोबाइल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका जनताले लाभ पाउनेछन् ।

जापानमा अध्ययनरत नेपालीलगायत विश्वका विभिन्न देशका विद्यार्थी आबद्ध संस्था आइज्याक नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजनाअन्तर्गत उक्त कार नेपाललाई प्राप्त भएको हो ।