गृहपृष्ठ फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी अन्तिम चरणमा

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी अन्तिम चरणमा

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी अन्तिम चरणमा

असोज ४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोमा प्रतिष्ठित स्वदेशी तथा विदेशी ब्रान्डका सयभन्दा बढी कम्पनी रहने जानकारी दिएको हो ।

एक्सपोमा ख्याति प्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरको बृहत प्रदर्शनी हुनेछ । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामान बिक्री–वितरण हुने आयोजकको भनाइ छ ।

एक्सपोमा प्रदर्शनीका अतिरिक्त अवोलकनकर्तालाई लक्की ड्र मार्फत आकर्षक उपहारसमेत वितरण गरिनेछ । त्यस्तै, प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्शसमेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आकर्षण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेन्ट सोलुसनले जनाएको छ ।

फर्नेक्स २०१८ को टाइटल स्पोन्सर जेम फ्लोरिङ हो । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिङ, ग्लेनर डिलाइट रहेका छन् । एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहनेछन् । यसैगरी, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आमउपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको जानकारी गराए ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि र बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकले जनाएको छ । यसबाहेक फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

एक्स्पो व्यवस्थापन गरेको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको छैटौं संस्करण आयोजना हुन लागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मुख्य आकर्षण बन्नसक्ने उनको भनाइ छ ।

असोज ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

प्रकाशित समय : ०२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु