global ime bank Long Banner Ad

गृहपृष्ठ जेसीबी जेएस १२० एक्साभेटर सार्वजनिक

जेसीबी जेएस १२० एक्साभेटर सार्वजनिक

जेसीबी जेएस १२० एक्साभेटर सार्वजनिक

नेपालका लागि जेसीबी ब्रान्डका हेवी इक्युपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्सले १२० टनको नयाँ एक्साभेटर सार्वजनिक गरेको छ । काभ्रे इँटा व्यवसायी संघको तेस्रो वार्षिक साधारण सभाको अवसर पारेर जेसीबीले नयाँ जेएस १२० एक्साभेटर सार्वजनिक गरेको हो ।

जेसीबी जेएस १२० सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट उत्पादनमध्ये पर्छ । प्रतिघन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने यो एक्साभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म छ । यसको अधिकतम इन्जिन पावर ६० किलोवाट रहेको कम्पनीले जनाएको छ । जेएस १२० खन्ने कार्य, सडक, इँटा उद्योग र अन्य निर्माण कार्यमा सहज हुने विश्वास गरिएक छ ।

अत्याधुनिक प्रविधिजडित जेएस १२० पुनेस्थित जेसीबी प्लान्टबाट उत्पादन हुने गर्छ । अन्य ब्रान्डका मेसिनको तुलनामा यसको उत्पादकत्व बढी र मर्मत खर्च कम पर्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ००:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु