गृहपृष्ठ प्रभु बैंकका कर्मचारीलाई एनबीआईले तालिम दिने
प्रभु बैंकका कर्मचारीलाई एनबीआईले तालिम दिने
नेसनल बैंकिङ इन्स्टिच्युट र प्रभु बैंकबीच तालिम कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एनबीआईले प्रभु बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ । प्रभु बैंकले कर्मचारीका लागि नेसनल बैंकिङ इन्स्टिच्युटबाट न्यूनतम ५० लाख रुपैयाँबराबरको वार्षिक तालिम सञ्चालन गराउने सम्झौतामा उल्लेख छ ।
प्रकाशित समय : ००:४७ बजे



















