गृहपृष्ठ गरिमा विकास बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
गरिमा विकास बैंक र एभरेस्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
गरिमा विकास बैंक र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।
बैंकास्योरेन्स सेवाअन्तर्गत बैंकका ग्राहकले एभरेस्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न र बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाबाट प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको गरिमा विकास बैंकले जनाएको छ ।
प्रकाशित समय : ००:३६ बजे



















