global ime bank Long Banner Ad

गृहपृष्ठ देशभरका चिकित्सक अान्दाेलनमा, माइतीघरमा प्रदर्शन

देशभरका चिकित्सक अान्दाेलनमा, माइतीघरमा प्रदर्शन

देशभरका चिकित्सक अान्दाेलनमा, माइतीघरमा प्रदर्शन

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन सुरु गरेको छ । संघले आजदेखि देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ ।

सरकारकाले आफूहरुको माग सम्बोधन गर्न आलटाल गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको डाक्टरहरुको भनाइ छ । चिकित्सकहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । डाक्टरहरुले आज नै नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने संघका महासचिव डा. लोचन कार्कीले बताए ।

गत भदौ एक गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने उल्लेख छ । सो विषयमा डाक्टरहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

मुलुकी संहिताले डाक्टरहरुलाई अपराधीको दर्जामा राखेको भन्दै ऐन तत्काल संशोधन गर्न संघले माग गरेको छ । राज्यले ज्यानमारा र अपराधीको दर्जामा राखेकाले काम गर्न नसकिने भन्दै डाक्टरहरु आन्दोलित भएका हुन् ।

तस्बिर ः सुनिल प्रधान

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु