काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सल्यानमा पहिरोमा तीन बालबालिका पुरिए,उद्धार जारी

17.77K
shares

सल्यानमा पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता भएका छन् । बागचौर नगरपालिका १२ ओख्रेनीमा बालाराम डाँगीको घर पहिरोले पुरिँदा तीन बालबालिका बेपत्ता भएका हुन् । डाँगीको दुई छोरी र एक छोरा पहिरोमा पुरिएका हुन् ।

उनका ७ वर्षीय छोरा ललित, ४ वर्षकी छोरी मेनका र १० वर्षकी छोरी ललिता पहिरोमा पुरिएका हुन् । गएराति झरेको पहिरोले डाँगीको घर पुरिएको हो । उद्धारको काम सुरु भएको सो वडाका वडाध्यक्ष दिपक वलीले जानकारी दिए ।

उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ  ।